ताजा सूचना
कार्यालय खुल्ने समय: बिहान ९:०० बजे देखि ५:०० बजे सम्म

परिचय

  •  /
  • परिचय

धादिंङ जिल्ला, धादिंङ बेसीमा अवस्थीत धादिंङ अस्पताल Secondary A स्तरको प्रादेशिक अस्पताल हो | वि.सं. २०३३ साल मंसीर २६ गते धादिंङ हेल्थ सेन्टरको नामले स्थापना भई सेवा सुरु गरेकोमा वि.सं. २०४७ सालमा धादिंङ अस्पताल धादिंङमा स्तरोन्नति भई १५ शैयाको क्षमतामा यस अस्पतालले सेवा प्रवाह गर्दै आएको थियो | राज्यको पुर्नसंरचना भई संघीयताको अभ्यास गर्ने क्रममा यस अस्पतालको पनि ५० शैयामा स्तरोन्नति भयो र बागमती प्रदेश (तत्कालीन प्रदेश नं. ३ ) अन्तर्गत प्रादेशिक अस्पतालका रुपमा रहने गरी संचालनमा आयो | धादिंङ र गोरखा जिल्लाको दक्षिणी क्षेत्रका नागरिकहरुका लागि समते गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको धादिंङ अस्पताल धादिंङमा ओ. पि. डी सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, स्त्री तथा प्रसुती सेवा, आई. सि. यू सेवा, हेमोडाइलायसिस सेवा, डेन्टल सेवा, शल्यक्रिया सेवा, फिजियोथेरापी सेवा, प्रयोगशाला सेवा, फार्मेसी सेवा तथा एक्स – रे, इ. सि. जी., यू. एस. जी सेवा संचालन भई रहेको छ |

Back to Top